पाैष २२ मोरङ । हाँस्य कलाकार दिपकराज गिरी र दिपाश्री निरौला,तथा गायिका मेनुका पौडेलले दर्शकहरुमाझ रमाइलो प्रस्तुती दिएर स्थानीयवासीको प्रेमको प्रत्यक्ष अनुभव गरेका छन ।

पौष २० गते स्थानीय रमाइलोको स्वतन्त्र वाल क्लब उज्ज्वल भविष्य वालक्लबको चौथो वार्षिक उत्सवको अवसरमा पहिलो पटक आएका दिपकराज, दोश्रो पटक आएकी दिपाश्री र पहिलो पटक आएकी मेनुका पौडेलको प्रत्यक्ष कला हेर्न उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो ।

उज्ज्वल भविष्य वाल क्लवले देश र विदेशमा ख्याति कमाएका कलाकारहरुलाई सम्मान गर्दैै विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । सांस्कृतिक प्रस्तुतीहरुका माझ विभिन्न विद्यालयका विद्यार्थीहरुको नृत्य प्रस्तुती सँगै कानेपोखरी ६ विहिवारेको जूनतारा वाल क्लबलाई स्थानीय व्यापारी डिल्लीराम फुयाल र सन्तोष फुयालको प्रायोजनमा रहेको वाद्यसामाग्री प्रदान गरिएको थियो । प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष राजमती इङनाम रहेको समारोहमा दीपाश्री , दिपकराज र मेनुकाको स्वागतका लागि नेवारी परम्पराको लाखे नाँचका निकालीएको थियो ।

हेर्नुहाेस दिपक दिपाको कमेडी:

तपाईको प्रतिक्रिया