काठमाडौँ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरको स्वकीय सचिव (पिए) रमेश भट्टले मन्त्रालय मातहतका निकायमा आतंकनै मच्चाएका छन् । पिए भट्टले मन्त्री मगरलाई नै बदनाम गर्ने गरी आफ्नो व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग गर्दै मन्त्रालय मातहतका निकायमा आतंक मच्चाएका हुन् ।

कन्चपुरका स्थायी वासिन्दा भट्टले कर्मचारीहरुलाई व्याक्तिगत फाइदाको काम लगाउने र उनले भने अनुसार नगरे फलोनो कर्मचारी भ्रष्ट एवं फटाह छ भन्दै मन्त्री मगरलाई गलत रिपोटिङ्ग गर्ने गरेका छन् । मातहतका निकायका हाकिम तथा कर्मचारीलाई फोन गरेर भट्टले व्यक्तिगत प्रयोजनका लागि गाडी चाहियो तुरुन्त पठाइदेउ भन्दै धम्काउने गरेको एक पिडित कर्मचारीले नाम नबताउने सर्तमा गण्डकी टाईम्सलाई जानकारी दिए ।

ती कर्मचारीका अनुसार भट्टले फोन गरी मलाइ गाडी चाहियो त्यो पनि त्यहा भएको मध्ये सबै भन्दा राम्रो गाडी भन्दै धम्क्याउने गरेका छन् । यतिसम्मकी कर्मचारीले राम्रो गाडी त छैन, त्यही स्र्कोरपियो हो भन्दा भट्टले तिम्रो हाकिमले चड्ने गाडी पठाइदेउ भन्दै धम्क्याउने गरेको ती कर्मचारीले जानकारी दिए ।

भट्टको कर्तुत यतिमा मात्र सिमित छैन। मन्त्रीको पिए भएको धङधङ्गी देखाउदै उनले खानेपानी मातहतका निकायमा निजी विज्ञापन एजेन्सीसंग मिलेर मन्त्रीको नाम भजाउदै विज्ञापन दिने भए देउ नत्र …. भन्दै धम्क्याउदै विज्ञापन लिने गरेको एक कर्मचारीले गुनासो गरे । उनको काम नगरे हामी जस्ता इमान्दार कर्मचारीविरुद्ध मन्त्रीलाई गलत रिर्पोटिङ्ग गर्ने गरेको ति कर्मचारीले दुःखेसो गरे । मन्त्रीले तिनै भट्टको कुरा सुनेर कर्मचारी माथि उल्टो व्यवहार गर्ने हो कि भन्ने चिन्ता छ, ति कर्मचारीले भने ।

पिए भट्ट कारण कर्मचारी मात्र होइन नेकपाका नेता/कार्यकर्ता नै विच्कने गरेका छन् । मन्त्रीलाई आफ्ना भनाइ राख्न आउने नेता/कार्यकर्तालाई भट्टले विभिन्न बहाना बनाउदै मन्त्रीलाई भेट्न समेत नदिने गरेको तत्कालिन माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले भट्टको कार्यशैलीका कारण मन्त्री मगरको छवी जनता माझ धुमिल हुदै गएको दावी गरेका छन् ।

भट्टले मन्त्रालय मातहतका निकायका कर्मचारीसंग सीधासीधा पैसाको समेत डिल गर्ने गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनले यति पैसा चाहियो, उति पैसा चाहियो यस्तो काम छ भन्दै कर्मचारीलाई धम्क्याउने गरेका छन् । एक पिडित कर्मचारीका अनुसार भट्टको कल डिटेल हेर्ने हो भने उसले धम्क्याएका र असुलि गरेका सबै कुरा बाहिर आउने दावी गरे ।

भट्ट जनताको सरोकारका विषयमा भन्दा पनि व्यक्तिगत नाफाघाटामा लागेको उनी निकटकाहरु बताउछन् । मन्त्रीको नाम भजाएर भट्टले खानेपानी मन्त्रालय मातहतको निकायमा आतंकनै मच्चाएका छन् । पछिल्लो समय उनको आर्थिक हैसियत अनौठो गरी उकासिएको छ । उनलाई नजिकबाट चिन्नेहरु उनको पिए बने पछिको हाईफाई देखेर जिब्रो टोक्ने गर्छन् ।

मन्त्री बीना मगरको सचिवालयमा रहेका अन्य कर्मचारीलाई समेत भट्टले अनावश्यक कुरामा पनि थर्काउने गरेको सचिवालय स्रोतले जानकारी दिएको छ । भट्टले पार्टी निकट कर्मचारी भन्दा अन्यसंग मिलेर मन्त्रीको पीए पदको दुरुपयोग गर्दै व्याक्तिगत नाफामा लागेको समेत स्रोतले बताएको छ । सचिवालएका एक कर्मचारी गोपाल भट्टराईसंग मिलेर भट्टले मन्त्रालय मातहतका निकायका कर्मचारीलाई दुख दिदै आएका छन् । भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट काजमा मन्त्रीको सचिवालयमा आएका कर्मचारी हुन् । श्रोत गण्डकी टाइम्स

तपाईको प्रतिक्रिया