काठमाडौं, ६ माघ-निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम आफूहरुलाई केही महिलाअधिकारकर्मीले निरन्तर धम्क्याएको भन्दै सुरक्षा मागका लागि काठमाडौं आएको बताएका छन्।

बम दिदीबहिनीले ज्यानको सुरक्षा हुन नसकेपछि राज्यसँग गुहार माग्न काठमाडौं आएको उनीहरुले बताएका हुन्। निर्मलाको निम्ति न्याय माग्ने आन्दोलनमै विभाजन आएपछि आफूहरु थप असुरक्षित भएको उनीहरुको दाबी छ।

‘हाम्रो चरिहत्या गर्ने र बारम्बार धम्की दिने काम आफूलाई महिला अधिकारकर्मी भन्ने राजनीतिक दलका दुई नेतृ र एक स्थानीय पत्रकारले गरेका हुन् । काठमाडौंबाट आउने मानवअधिकारवादी र महिला अधिकारकर्मीले पनि उनीहरुले जे भन्छन्, त्यहि सही मानेर लेखे । हाम्रो टोल छिमेकमा आएर हाम्रोबारे बुझ्न चाहेनन् वा बुझेर पनि लेख्न चाहेनन्,’ बम दिदी बहिनीले भनेका छन्, ‘यिनीहरुले हामीलाई जिउँदै मारेका छन् ।’

‘हाम्रा त चरित्रहत्या भया छ । दोषी हउँ कि निर्दोष हउँ साबित गर्न काठमाडौं आया होइन, त्यो काम काननुको हो । तर, हामीलाई त मिडिया र युट्युबरले अपराधी बनाइदिया, मानवअधिकारवादीले बेश्या बनाइदिया । निर्मला त मरिगइन्, हामी जिउँदो निर्मला भया छौं,’ रोशनीले एकै सासमा यति कुरा भनिन् ।प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै प्रमाण भेट्न सकेको छैन। अहिले पनि धेरैले उनीहरुलाई नै मुख्य अभियुक्त ठानिरहेका छन्।

तपाईको प्रतिक्रिया