काठमाडौँ । आज साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा दुई सयले घटेको हो ।

हिजो प्रतितोला ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य तोलामा एक सयले बढेको थियो ।

त्यस्तै हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया