ताजा खबर:- आमधारणा यो रहेको छ कि यसको पूर्ण रूपमा उपचार हुँदैन । तर चिकित्सकको भनाई अनुसार, यदि शुरुवाती अवस्थामा नै क्यान्सरलाई पहिचान गर्न सकेमा, प्रभावकारी रूपमा यसको उपचार शुरु गरी यसमा सजिलै कायम गर्न सकिन्छ । हुनत: क्यान्सर शरीरको कुनै पनि भाग र अंगलाई प्रभावित गर्नसक्छ तर केही विशेष संकेतले यसलाई पहिचान गर्न सकिन्छ ।

१-यूरिनमा समस्या

पटक-पटक बाथरूम जानुपर्ने, यूरिनमा समस्या हुनु, प्रायजसो यूरिन लीक हुनु या यसलाई रोक्न कठिन भएमा यो प्रोस्टेट क्यान्सर या प्रोस्टेट ग्लैंडको साइज ठूलो हुनुको निशानी हुनसक्छ ।

२-यूरिनमा ब्लड

यूरिनको साथै ब्लड आएमा यो ब्लेडर, किड्नी या कोलन क्यान्सर हुनसक्छ । यसको साथै यूरिनरी इन्फेक्शनको समस्यामा पनि यो समस्या हुन्छ ।

३-स्टूलमा ब्लड

स्टूलको साथै ब्लड आएमा यो पाइल्स, ब्लेडर, किड्नी या कोलन क्यान्सर हुनसक्छ ।

४-स्किनमा परिवर्तन

त्वचामा कुनै दाग, तिल या मासुको आकार या रंगमा कुनै परिवर्तन देखिएमा यो स्किन क्यान्सर हुनसक्छ ।

५-निल्नमा कठिनाई

खाना निल्न या लिक्विडलाई निल्नमा समस्या हुनुको साथै अचानक वजन कम हुन थालेमा या उल्टी जस्ता समस्या भएमा यो घाँटी या पेटको क्यान्सर हुनसक्छ ।

६-हर्ट बर्न

कयौँ पटक गलत आहार या स्ट्रेसको कारणले हर्ट बर्न(छाती पोल्ने) समस्या हुन्छ । तर लामो समय सम्म यो समस्या रहेमा यो पेट या घाँटीको क्यान्सर हुनसक्छ ।

७-मुख

यदि तपाई धुम्रपान या सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ र मुखको भित्र या ओठमा सेतो या रातो पेचेज देखिएमा यो मुखको क्यान्सर हुनसक्छ ।

८-वजन घट्नु

आहार या व्यायाममा कुनै परिवर्तन बिना नै वजन कम हुँदैछ भने यो समस्या कुरा होइन । यो पेनक्रियाज, पेट या लंग्सको क्यान्सरको निशानी हुनसक्छ ।

९-ब्रेस्टमा परिवर्तन

ब्रेस्ट क्यान्सर पुरुषलाई पनि हुनसक्छ । यसकारण ब्रेस्टमा कुनै गाँठो, दुखाई या अन्य परिवर्तनलाई वेवास्ता गर्नुहुँदैन ।

१०-कफ

तपाईलाई सास लिनमा कठिनाई हुन्छ या कफको साथै ब्लड आउँछ भने यो लंग्समा इन्फेक्शन या क्यान्सरको संकेत हुनसक्छ ।

तपाईको प्रतिक्रिया