काठमाडौं – सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोका कारण पछिल्लो केही दिन यता देखि मानिसहरुले आक्रोश पोखिरहेका छन् ।अनैतिक कार्य गरिएको देखिएको उक्त भिडियो प्रति महिला र पुरुष दुवैले आपत्ति जनाउँदै दोषीलाई पक्राउ गर्नु पर्ने भन्दै आवाज उठेको छ । उक्त भिडियोमा महिला हिंसाको घटना समेटिएकोले फूहरुको शिर निहुरियाएको भन्दै पुरुषले नै पक्राउ गर्नु पर्ने बताएका छन् ।

भिडियोमा एक व्यक्तिले ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने अनुमान गरिएको सार्वजनिक यातायातभित्रै हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरिएको देखिएको छ । बस बिसौनीमा बिसाइरहेको एउटा खाली बसमा महिला चढ्दै गर्दा ती पुरुष पनि चढ्छन् र पछाडि बस्न नपाउँदै आफ्नो पाइन्ट खोलेर अनैतिक क्रियाकलाप गर्न थालेको अपराध गर्ने व्यक्तिले नै खिचेको उक्त भिडियोमा देखिएको छ । उनले बारम्बार आफ्नो क्यामरा ती महिलातर्फ देखाउँछन् । तर ती महिलालाई आफ्नो पछाडि के भइरहेको छ, त्यसबारे अत्तोपत्तो छैन । महिलाको कपालमा वीर्य स्खलन गरेपछि उक्त भिडियो समाप्त हुन्छ ।

आफूले खिचेको भिडियो सामाजिक संजालमा रवाफका निम्ति अपलोड गरेपछि यसमा थुप्रैले आपत्ति जनाएका छन् । यस मध्येकी एक हुन् पूर्व मिस नेपाल माल्भिका सुब्बा । उनले आफ्नो आधिकारिक फेसबुकमा लेखेकी छिन्, ‘ पुरुषले सार्वजनिक स्थलमा हस्तमैथुन गरेको भिडियो आफैंले खिचेर प्रतिष्ठाको रुपमा पोष्ट गरेको घटना साँचो हो रु मैले यो भिडियो त हेरेकी छैन तर यसबारे समाचारहरु फैलिरहेका छन् । यस घटनाबारे मूलधार पत्रिकाले कुनै समाचार बनाएका छैनन् र घटनापछि कुनै रिपोर्ट गरिएको बारे पनि कुनै खबर आएका छैनन् । हामीले सार्वजनिक यातायात सुरक्षित बनाउनुपर्छ र महिलालाई लड्न सिकाउनुपर्छ । यस्तो घटनाबारे सुन्दा मेरो रगत तात्छ । ’

तपाईको प्रतिक्रिया