ताजा खबर:- कुण्डलीमा केही यस्ता योग बताइएको छ, जसबाट विवाहमा ढिलाई हुनसक्छ । यी योगहरूको कारण सुयोग्य केटा-केटीको विवाहमा बिना कारण नै बाधा आउँछ र अधिक कोशिश पछि पनि विवाह चाँडो हुन सक्दैन । विभिन्न एस्ट्रोलोजरका अनुसार विवाह ढिलो हुनुको कारण यस्ता छन् ।

१-कुण्डलीको सप्तम भावमा बुध र शुक्र दुवै छ भने विवाहको कुरा चलिरहन्छ तर विवाह निकै समय पछि हुन्छ ।

२-चौथो भाव या लग्न भावमा मंगल र सप्तम भावमा शनि भएमा व्यक्तिको रुचि विवाहप्रति कम हुन्छ ।

३-सप्तम भावमा शनि र गुरु भएमा विवाहमा ढिलाई हुन्छ ।

४-चन्द्रबाट सप्तममा गुरु भएमा विवाहमा ढिलो हुनसक्छ ।

५-चन्द्रको राशि कर्कटबाट गुरु सप्तम भएमा विवाहमा बाधा आउँछ ।

६-सूर्य, मंगल वा बुध लग्न या लग्नको स्वामीमा दृष्टि देखाउँदै र गुरु बाह्रौँ भावमा बसेको छ भने व्यक्तिमा आध्यात्मिकता अधिक हुँदा विवाहमा ढिलाई हुनसक्छ ।

७-लग्न(प्रथम) भावमा, सप्तम भावमा र बाह्रौँ भावमा गुरु या शुभ ग्रह योग कारक नहुँदा र चन्द्रमा कमजोर भएमा विवाहमा बाधा आउँछ ।

८-महिलाको कुण्डलीमा सप्तमेश या सप्तम भाव शनिबाट पिडित भएमा विवाहमा ढिलाई हुन्छ ।

९-राहुको दशामा विवाह भएमा वा राहु सप्तम भावलाई पिडित बनाईरहेको छ भने विवाह भएर पनि सम्बन्ध टुट्न सक्छ ।

तपाईको प्रतिक्रिया