काठमाडौं माघ, १५:– सोेमबार काठमाडौंमा नेपाली कलाकार तथा नेपाल टेलिभिजनका कर्मचारीबीच मैत्रिपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको फुटवल प्रतियोगितामा कलाकार तथा टेलिभिजनका कर्मचारीको तर्फबाट २/२ बराबरी गोल भएको हो ।

नेपाल टेलिभिजन स्थापना भएको ३३ बर्ष पुगेको उपलक्षमा नेपाल कलाकार संघ तथा टेलिभिजनका कर्मचारीबीच फुटवल प्रतियोगिता सम्पन्न भएको हो ।

आज भएको फुटवल प्रतियोगितामा कलाकारको तर्फबाट सुनिल थापादेखि लक्ष्मी गिरीसम्म मैदानमा उत्रिएका थिए ।

त्यस्तै, दीपाश्री निरौलादेखि अहिलेका चर्चित युवा ढुकढुकी सलोन बस्नेतसम्म फुटवल मैदानमा उत्रिएका थिए । आज भएको प्रतियोगितामा कलाकारको तर्फबाट मोडल शंकर वीसीले पहिलो गोल हान्न सफल भएका थिए ।

त्यसपछि टेलिभिजनका कर्मचारीले गोल हाने भने खेलको अन्त्यतिर फेरि कलाकारको तर्फबाट गोल हानेपछि आजको खेल बराबरीमा टुंगिएको थियो ।

आजको फुटवल प्रतियोगितमा रोचक पक्ष भनेको खेल अवधिभर दीपाश्रीले एक पटक पनि बल छुन पाईनीन् भने कलाकार लक्ष्मी गिरी साडीसँगै फुटवल मैदानमा ओर्लीएकी थिईन् ।

तपाईको प्रतिक्रिया