ताजा खबर:- तपाईलाई हरेक प्राकृतिक चीज अनुहारमा लगाउनका लागि उचित लाग्छ होला तर अनुहारको दाग-धब्बा र डन्डीफोर कम गर्ने यी चीजको प्रयोगले अनुहार बिगार्न पनि सक्छ । कस्मोटोलोजिस्टका अनुसार, यी ६ चीज अनुहारमा लगाउनु हुँदैन ।

अल्कोहल- यदि त्वचा ओयली छ भने तपाई सोच्नुहुन्छ कि अनुहारमा अल्कोहल लगाउँदा त्वचा सुख्खा हुन्छ । तर यसो गर्दा त्वचालाई थप नोक्सान पुग्छ । त्वचाको प्रोटीन र फ्याट कमजोर भई त्वचामा सूजन बढ्न थाल्छ ।

मेयोनेज- अनुहारको दाग-धब्बा कम गर्नको लागि केवल मोइश्चराइजर प्रयोग गर्नुहोस्, मेयोनेजको प्रयोग नगर्नुहोस् । यसको कारण तपाईको डन्डीफोरको समस्या कम हुनुको साटो अझ बढ्छ ।

काँचो अण्डा- अधिकांश मानिसको भनाई अनुसार, अनुहारको दाग कम गर्नु छ भने काँचो अण्डा अनुहारमा लगाउनु पर्दछ । तर काँचो अण्डामा सामोनेला ब्याक्टेरिया हुन्छ र काँचो अण्डा अनुहारमा लगाउँदा गल्तीले पनि पेटमा गएमा तपाईलाई फूड पोयजनिंग हुनसक्छ ।

कागतीको रस- तपाईले अवश्य सुन्नु भएकै होला कि कागतीको रस लगाउँदा डार्क स्पोट र डन्डीफोर कम हुन्छ तर कागती एसिडिक हुन्छ र यसले तपाईको अनुहारको पीएच परिवर्तन गर्छ । जसबाट तपाईको त्वचामा खराब असर पर्नसक्छ र त्वचामा चिलाउने समस्या उत्पन्न हुनसक्छ ।

बेकिंग सोडा- धेरैलाई लाग्न सक्छ कि बेकिंग सोडा अनुहारको डन्डीफोर कम गर्छ तर अनुहारको लागि बेकिंग सोडा प्रयोग गर्नुहुँदैन । यसो गर्दा तपाईको अनुहारको पीएच परिवर्तन हुन्छ र तपाईको अनुहारको त्वचामा पोल्ने र चिलाउने हुनसक्छ ।

दालचीनी- अनुहारको समस्या कम गर्नका लागि दालचीनीको प्रयोग गर्नुहुन्छ भने अनुहारमा पोल्ने समस्या उत्पन्न हुनसक्छ । यसलाई अनुहारमा लगाउँदा अनुहारको पीएच परिवर्तन हुन्छ र अनुहारमा असर देखिन थाल्छ ।

तपाईको प्रतिक्रिया