निर्देशक ऋषिराज आचार्यको नयाँ फिल्म ‘ड्रिम गर्ल’को हाल थाइल्यान्डका विभिन्न स्थानमा सुटिङ भइरहेको छ । झन्डै दुई महिनाअघि राजधानीबाट सुटिङ सुरु भएको ड्रिम गर्ल युनिट पोखरा, चितवन हुँदै रारा तालसम्म पुगेको थियो ।

स्वदेशमा खिच्नुपर्ने दृश्य सबै सकेर एक साताअघि थाइल्यान्ड उडेको ड्रिम गर्लको २० प्रतिशत दृश्य र एउटा गीत त्यहाँ खिचिने निर्देशक आचार्यले जानकारी दिएका छन् ।नयाँ पत्रिकाले छापेको छ ।

आरबी मुभिजको ब्यानरमा निर्देशक स्वयम् र अर्जुन पोखरेल निर्माता अनि रामेश्वर धिताल सहायक निर्माता रहेको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । निर्देशक ऋषिराजले थाइल्यान्डमा दुई साताको सेड्युल रहेको बताए ।

तपाईको प्रतिक्रिया