काठमाडौं। कक्षा १२ सम्मको शिक्षालाई विद्यालय तहमा समायोजन गरेपछि शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारूप मस्यौदा तयार पारेको छ।

केन्द्रले कक्षा १–३ को पाठ्यक्रम एकीकृत गर्ने, ९ र १० को पूर्णाङ्क घटाउने र ११ र १२ को पूर्णाङ्क बढाउने गरी मस्यौदा तयार पारेको छ। पाठ्यक्रम विकास केन्द्रले गठन गरेको विज्ञ समूहको कार्यदलले विकल्पसहितको पाठ्यक्रम प्रारूप तयार पारको छ। केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसााद काप्रीले सानो कक्षामा विषयगत पढाइ नगरी आंशिक रूपमा एकीकृत गर्ने गरी प्रारूप मस्यौदा तयार पारिएको जानकारी दिए।नयाँ पत्रिका दैनिकमा खबर छ ।

२४ वटा थिमममा रहेर पाठ्यक्रम तयार पारिएको छ। काप्रीले अहिले कक्षा ९ र १० मा ८०० पूर्णाङ्क रहेकोमा घटाएर ७०० बनाउने र कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कलाई बढाएर ६०० बनाउने गरी मस्यौदा तयार पारेको बताए। कक्षा ६ देखि ८ सम्म विश्वमा भइरहेको अभ्यासअनुसार विषयगत पढाइ हुने गरी प्रारूप तयार पारिएको छ।

तपाईको प्रतिक्रिया