काठमाडौँ -साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उनको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो ।

मस्तिष्क शिरोघातबाट पीडित ब्राजाकीको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह प्रख्यात छन् ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईको प्रतिक्रिया