काठमाडौं- रुकुमका कृष्ण वलिसँग केहि महिनाअघिसम्म दुख र पिडा बाहेक केहि थिएन । देवी जस्ती श्रीमतीको अटुट ससाथ र परिवारको माया त थियो तर पैसाको अभावका कारण आफ्नो करेन्ट लागेर गुमेका दुई हात र एक खुट्टा जोडिने सपना सपनामै सिमित थियो । करेन्ट लागेर जसोतसो बाँचेका कृष्णको उपचारमा ७० लाख हाराहारीको खर्च भएको थियो, परिवारलाई ४५ लाख भन्दा माथिको ऋण थियो । छटपटी थियो, निदाउन सक्दैन थिए ।

त्सैबिच कलाकार तथा भिजे शिशिर भण्डारी उनीहरुको घर पुगे, उनीहरुको दुख र बेदनाले भरिएको भिडियो बनाए । शिशिरको प्रस्तुति शैली र रुपा कृष्णको पिडाले सबैको मन छोयो । भिडियो प्रसारण भएको २ दिनमै ४ लाख सहयोग लिएर शिशिर फेरी कृष्णको घर गए । अब कृष्णो जीवनमा आशाका नयाँ किरणहरु पलाए ।

त्यसपछि उनको घरमा मिडियाहरुको ओईरो लाग्न थाल्यो । सयोगीहरु उनकै घरमा आउन थाले । एक एक मिलेर सागर बन्दै गयो, शिशिरको भिडियो हेरेर रुदै फोन गर्दै कृष्णलाई सान्त्वना दिनेको ओईरो लाग्यो । हालसम्म शिशिरले ३४ लाख भन्दा माथिको रकम कृष्णलाई बुझाईसके । कृष्ण रुपाका अनुसार उनीहरुका लागि हालसम्म १ करोड ५० लाख भन्दा माथिको सहयोग आईसक्यो ।

७० लाख भन्दा माथिको रकम अमेरिकाबाट आउँदैछ । यसैबिच कृष्णले खुट्टा हालेका छन् । सबैको चाहना छ, कृष्णलाई हात खुट्टामा हेर्ने, त्यो मध्ये एक चाहना पुरा भएको छ । भिडियो हेर्नुस

तपाईको प्रतिक्रिया