ताजा खबर:- अधिकांश मानिसहरूले कब्जियतको समस्यालाई सामन्य ठान्ने गर्दछन् तर यदि यसबाट बँच्ने उपाय अपनाउन नसकेमा कतिपय अवस्थामा विभिन्न रोगहरूको पनि रुप लिन्छ । हामीले सधैँ यस्ता किसिमको आहारको छनौट गर्नुपर्दछ, जसले हाम्रो पेटलाई कुनै पनि किसिमले नोक्सान पुर्याउन नसकोस् र हाम्रो स्वाद पनि कायम रहीरहोस । भोजन सधैँ सुपाच्य हुनुपर्दछ । भोजन कहिलै पनि अधिक सेवन गर्नुहुँदैन । अधिक भोजनले तपाईलाई सुस्ती प्रदान गर्छ । हल्का भोजन सेवन गर्दा हामी आफैँ फिट महसूस गर्दछौँ र हाम्रो दैनिक कामकाज पनि सरलता पूर्वक सम्पन्न हुन्छ । यसकारण हामी आज केही यस्ता भोजनको बारेमा बताउँदैछौँ, जसबाट तपाईलाई कब्जियतको समस्या महसूस हुँदैन । विभिन्न आहार यस्ता हुन्छन्, जसमा फाइबरको मात्रा अधिक हुन्छ र फाइबरको अधिकताले नै कब्जियतबाट बँच्न सकिन्छ ।

पपकर्न- यसमा लो क्यालोरी हुन्छ र फाइबरको मात्रा अधिक पाईन्छ ।

दाल- जस्तै राजमा,बीन, लोबिया यसमा निकै अधिक मात्रामा फाइबर पाईन्छ र यसले हाम्रो पाचन प्रणालीमा पनि सुधार ल्याउन मद्दत गर्छ ।

ड्राइ फ्रूट्स- जस्तै अन्जीर, किशमिश, खजुरमा पनि फाइबरको अधिकता हुन्छ, जसले कब्जियतको समस्याबाट टाढा राख्छ ।

सीड्स(बियाँ)- भोजनमा सीड्स समावेश गर्दा पाचन क्रियामा फाइबरको मात्रा समावेश हुन्छ, यसकारण केही सीड्स जसमा फाइबरको अधिक मात्रा छ भने अवश्य सेवन गर्नुपर्दछ ।

अर्सी- अर्सीलाई भुटेर नमकिनको रूपमा पनि खान सकिन्छ ।

चिया- चियाको बियाँलाई राती पानीमा भिजाएर बिहान पानीको साथमा यसलाई पिउन सकिन्छ । यसको सेवनले कब्जियतको समस्याबाट पनि निकै आराम मिल्छ ।

मेवा- पेटको लागि मेवा एक राम्रो फल मानिन्छ ।

अम्बा- अम्बामा रेशाको मात्रा अत्यधिक हुनुको कारण यसलाई खाली पेट सेवन गर्दा लाभ मिल्छ ।

जीरा तथा सौफ- यसले केही यस्ता रसको स्रावित गर्छ, जसबाट तपाईको पाचन प्रणालीमा सुधार आउँछ । जीरालाई पानीमा भिजाएर बिहान खाली पेट पिउनु पर्दछ तथा खाना खाइसकेपछि अवश्य सौफको सेवन गर्नुपर्दछ । यसको सेवनले सन्तुलित ढंगमा पाचनमा सहायता गर्छ ।

तपाईको प्रतिक्रिया