ताजा खबर:- अत्यधिक आँसुको उत्पादन, सूजन या आँसुको अपर्याप्त निकासीको कारण अश्रुपूर्ण आँखाको समस्या हुनसक्छ । यस समस्याको निवारण घरेलू उपायको सहायताले पनि गर्न सकिन्छ । अश्रुपूर्ण आँखा(एपिफारा) एक यस्तो स्थिति हो, जसमा आँसु बिना कुनै स्पष्ट कारण उत्पन्न हुन्छ । अधिकांश यो समस्या घरेलू उपचारको सहायताले निको पार्न सकिन्छ ।

टी-ब्याग्स:- टी-ब्याग्सको उपयोग अश्रुपूर्ण आँखाको लागि निकै उपयोगी हुन्छ । टी-ब्याग्सलाई थोरै समयको लागि तताएर राख्नुहोस् । ब्याग्स तातो भैसकेपछि त्यसलाई केही समयका लागि आँखाको माथि राख्नुहोस् । केमोमाइल र पेपरमिन्ट अश्रुपूर्ण आँखाको लागि निकै उपयोगी सिद्ध हुनसक्छ ।

बेकिंग सोडा:- एक कप पानीमा एक चम्मच बेकिंग सोडा मिलाउनुहोस् । यस मिश्रणबाट दिनमा कम्तीमा दुई या तीन पटक आफ्नो आँखा धुनुहोस् ।

बेकिंग सोडा र एस्कोर्बिक एसिड क्रिस्टल:- एक कप तातो पानीमा आधा चम्मच बेकिंग सोडा र आधा चम्मच एस्कोर्बिक क्रिस्टल मिलाउनुहोस् । क्रिस्टललाई राम्रो तरिकाले पानीमा घोल्नुहोस् । यस मिश्रणले तीन देखि चार पटक आँखा धुनुहोस् ।

नून पानी:- अश्रुपूर्ण आँखामा प्रायजसो पोल्ने र चिलाउने समस्या हुन्छ । यदि तपाई पनि यसबाट ग्रसित हुनुहुन्छ भने आफ्नो उपाचार गर्नको लागि नून पानीको प्रयोग गर्नुहोस् । नमक जीवाणुनाशक हुनुको कारण पोल्ने समस्या उत्पन्न गर्ने जीवाणहरूलाई रोकथाम गर्छ । यस मिश्रणले दिनमा कम्तीमा तीन पटक आफ्नो आँखा धुनुहोस् ।

नरिवल तेल:- हामी सबै नरिवल तेलको पोषक गुणहरूको बारेमा राम्रोसँग परिचित छौँ । यसबाट आँखाको वरिपरी मालिश गर्दा अश्रुपूर्ण आँखाको समस्याबाट छुट्कारा मिल्न सक्छ ।

तपाईको प्रतिक्रिया