टिभी अभिनेत्री नागा झाँसीले झुण्डिएर आत्महत्या गरेको खुलासा भएको छ । आज हैदराबादस्थित आफ्नो घरमा झुन्डिएर नागाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यता भारतीय संचारमाध्यमले जनाए अनुसार उनले घरमा कोही पनि नभएको मौका पारेर आत्महत्या गरेको बताइएको छ ।

उनका भाइ दुर्गाप्रसादले ढोका ढक्ढकाउँदा भित्रबाट कसैले पनि केही प्रतिक्रिया नदिएपछि डराएका उनले छिमेकीलाई बोलाएर ढोका फोडेको बताइएको छ । भित्र छिर्नेबित्तिकै उनको शव पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

पुलिसले झाँसीको मोबाइलको अनुसन्धान सुरु गरेको र पुलिसले कल डिटेल र च्याट रेकर्डको पनि अनुसन्धान थालेको छ । झाँसीले विभिन्न टेलिभिजन श्रृङ्खलामा काम गरी थिइन् ।

तपाईको प्रतिक्रिया