नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरा पृथ्वीनारायण क्याम्पस गेट अगाडी केही तनाव भएको छ । प्रहरीले आन्दोलनकारी विद्यार्थीलाई तितरवितर पार्न ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले विहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया