काठमाडौँ – आज बिहिबार नेपाली बजारमासुनको मुल्य घटेको छ । आज सुनको मुल्य ४ सय रुपैयाले घटेको छ ।हिजो प्रतितोला ६२ हजार ४ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज ४ सय रुपैयाले घटेर ६२ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेर तोलामा ७ सय ७५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया