काठमाडौँ । नामिबियाले नेपालका सामु १३९ रनको चुनौती प्रस्तुत गरेको छ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नेपालले घरेलु टिम नामिबियाबाट १३९ रनको लक्ष्य पाएको हो । नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम ३४ ओभर २ बलमा १३८ रनमा अलआउट भएपछि नेपाललाई केही राहात मिलेको छ ।

नामिबियाका स्टेफेन बार्ड १८ रनमा पेभेलियन फर्किए । घरेलु मैदानमा उसको स्कोर ७५ रन हुँदा नेपालले तेस्रो विकेट झार्यो । नामिवियाका जीन पियरे कोट्जीलाई ब्यक्तिगत नौ रनमा बसन्त रेग्मीले आउट गरे ।

नामिबियाका खेलाडीहरुलाई नेपालको कसिलो बलिंगले ठहरै बनायो । कप्तान पारस खड्काले ग्यारेथ इरामुसलाई खाता खोल्न नदिदै आउट गरेपछि नामिबिया थप अप्ठ्यारोमा पर्यो ।

नेपालका लागी सन्दिप लामिछानेले ४ , सोमपाल कामीले ३ विकेट लिँदा पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १–१ विकेट लिएपछि नेपाल आफ्नो लक्ष्य उन्मुख देखिएको छ ।

तपाईको प्रतिक्रिया