जापान। जापानमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा जापानको साईतामा बस्दै आएका गल्कोट नगरपालिका ३ बोहराफाँटका २० वर्षिय सबिन क्षेत्री रहेका छन् ।उनको जापानमा ईफ्लुएन्जाको कारण मृत्यु भएको हो । ईफ्लुएन्जाबाट ग्रसित सविनको साईतामा स्थित साईतामा रेड्क्रस अस्पतालमा तीनदिन देखि सघन कक्षामा उपचार भैरहेको थियो ।

उपचारकै क्रममा २० वर्षिय सबिन क्षेत्रीको अल्पआयुमै मृत्यु भएको हो । उनको उपचार कै क्रममा बुधबार राती ११स्१५ बजे मृत्यु भएको हो ।उनी बुवा आमासहित परिवारको साथमा बस्दै आएका थिए। परिवार श्रोतका अनुसार आइतबार विहान साढे ८ बजे जापानकै साईतामा सिमा दाहसंस्कार गरिने जनाएका छन् ।

तपाईको प्रतिक्रिया