काठमाडौं– सरकार विदेशबाट फर्कनेहरुले ल्याउने सामानमा कडाईका साथ कार्यान्वयनमा उत्रिएको छ । सोमबारमात्र सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ । जुन सरकारले जफत गरेको थियो । यसबाटै पुष्टि हुन्छ सरकारले कार्यान्वयनमा कडाइ गरेको छ । कतिपयलाई थाहा नभएका कारण पनि मनलाग्दी आफुखुसीका परिणामका सामान भित्रने पनि गरेको छ ।

धेरै समय अगाडि निजी गुण्टा, झिटी भारी सुचना जारी गरेर नै हवाइ यात्रुले विदेशबाट ल्याउने र लैजाने सामानमा कडाइ गरेपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन् । तर, पछिल्लो समय सरकार विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइका साथ कार्यान्वयन गर्न लागि परेको हो ।

सरकारले २०७३ साउन १ गतेदेखि लागू हुने गरी नीजि गुण्टा तथा झिटी भारी सम्बन्धी सूचना जारी गरेको थियो । यसमा कुन सामान ल्याउँदा छुट र कुनमा कति महसुल लाग्छ भनेर स्पष्ट भनिएको छ । त्यसपछि गत जेठमा एउटा बुँदा परिमार्जन गरेर पुन सूचना जारी गरेको थियो । यहि सूचनालाई टेकेर कार्यान्वयनमा सरकारले कसेको हो ।

विदेशबाट फर्कदा कुन सामान ल्याउँदा पूर्ण भन्सार महसुल छुट हुन्छ ? सुचनाको दफा एकमा लुगाफाँटा, घरगृहस्थीका सामान, उपचार गरेर फर्केको विरामीले ल्याएको औषधी, अशक्त यात्रुले साहाराका रुपमा प्रयोग गर्ने सामान, ट्याबलेट, ल्यापटप, घडी, क्यामेरा, भिडियो, सेलुलर, फेन ड्राइभ जस्ता सामान एक/एक थान ल्याउँदा पूर्ण छुट हुनेछ भनिएको छ । यसमा यात्रुले कुनै भन्सार महसुल तिर्नुपर्ने छैन । एक लिटरको मदिराको बोतल र सातकिलो ग्रामसम्मको खाद्य परिकारमा पनि भन्सार महसुल लाग्ने छैन ।

तर, कस्मेटिक, जुत्ता, लुगाफाटामा बढीमा १५ थानसम्म ल्याउन पाइनेछ तर यसमा समदर (फ्ल्याट) महसुल तिर्नुपर्नेछ । सुन पहिलो पचास ग्रामसम्म प्रति १० ग्रामको ५ हजार दुई सय रुपैयाँ, पचासग्राम भन्दा बढी थप ५० ग्राममा प्रति दश ग्रामको ६ हजार रुपैयाँ भन्सार महसुल लाग्नेछ ।

विदेशमा जाने यात्रुलाई के छ व्यवस्था ? विदेश जाँदा सौगातको रुपमा ५० हजार रुपैयाँसम्मको मालसामानमा कुनै महसुल नलगाइ लैजान पाइनेछ । तर मूलय अभिबृद्धि लाग्ने सामानमा भने स्थायी लेखा नम्बर भएको बीजक पेश गरेमा मूल्यको सिमा बन्देज लागु हुनेछैन ।

साभार रातो पाटि

तपाईको प्रतिक्रिया