दोहा। कुवेतमा एक नेपाली चेली एक रोगका कारण बिरामी परेकी छिन्।उनी पेम्फिगुस वुल्गरिस नामक रोगका कारण बिरामी परेकी हुन् । बिरामी परेकी सलिना लिम्बु अस्पतालबाटै सहयोग को अपिल गरेकी छन् ।उनले कुवेतको आदान अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन् ।उपचार पश्चात् स्वास्थ्य अवस्था केही सुधारोन्मुख हुदै गए पनि आर्थिक अभाबले अस्पतालको उपचार खर्च तिर्न नसक्दा समस्यामा परेकी छन्।

घरेलु कामदारक रुपमा कुवेत आएकी लिम्बु स्पोन्सरको घरबाट भागेर गैरकानुनी रुपमा बस्दै आएकी छिन्।सलिना बिरामी परेपछी उनकी साथी आशु बस्नेतले दैनिक कुवेती १० केडीको दरले बेडको खर्च बुझाउनु पर्छ, अहिले सम्म त उनिसंग भएको रकम बुझएको र अब बााकी रकम नभएको बताएकी छन् ।

तपाईको प्रतिक्रिया