काठमाडौँ – आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा १ सय रुपैयाले बढेको हो । हिजो प्रतितोला ६२ हजार रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज १ सय रुपैयाले बढेर ६२ हजार १ सय रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ८ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मुल्यमा भने कुनै परिबर्तन भएका छैन। आज चाँदीको मुल्य प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया