टोकियो – जापानमा एक नेपाली सुत्केरी महिलाको निधन भएको छ । जापानमा म्याग्दीकी प्रमिला दर्जीको बिहिबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको हो । जापानको नायोगामा बस्दै आएकी प्रमिला दर्जी करिब १ महिना अगाडी सुत्केरी भएकी थिइन । करिब १ महिना अगाडी सुत्केरी भएकी प्रमिला ब्रेन ट्युमरबाट पीडित थिइन् ।

४ वर्ष अगाडी बिद्यार्थी भिसामा जापान आएर हाल रोजगारीमा संग्लन दिनेश दर्जीकी पत्नी प्रमिलाले १ महिना अघि छोरीलाई जन्म दिएकी थिइन्। शनिबार बिहान ९स्२० बजेस्वर्गीय प्रमिलाको जापानकै मियकेनको निशिबेस्शो,कुवाना भन्ने ठाउँमा दाहसंस्कार गरिने मोना जापानले जनाएको छ ।

तपाईको प्रतिक्रिया