काठमाण्डौ – मलेसियामा ९ जना नेपालीसहित एक सय विदेशी कामदार पक्राउ परेका छन् । मलेसियाका सञ्चारमाध्यमका अनुसार अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्रिएको बताइएको छ । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेका छन् ।

बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच गर्दा केहीसँग कागजात नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको हो । मलेसियाको अध्यागमन विभागका अनुसार कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने जनाएको छ ।अध्यागमन विभागका अनुसार गएको जनवरी महिनामा ५ हजार ९१ जना अवैधानिक कामदार र उनीहरुलाई काम दिने ८३ जना रोजगारदातालाई पक्राउ गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया