हामिले बिभिन्न खाले मोटरसाइकल देखेका छौ । मोटरसाइकल कुनै महँगा हुन्छन् त कुनै सस्तो । मोटरसाइकल नै पि५छे मोटरसाइकलका फरक फरक बिशेषता रहेका हुन्छन् । के तपाइले संसारको सवैभन्दा ठूलो मोटरसाइकल देख्नु भएको छ । संसारको सवैभन्दा ठूलो मोटरसाइकल कुन होला रु सँसारमा यस्तो मोटरसाइकल पनि छ जो निकै ठुलो छ । यस मोटरसाइकल ले गिनिज वुक अफ वल्र्ड रेकर्ड नै राखेको छ । ‘ठूलो वाइक’को रुपमा गिनिज वुकमा नाम लेखाएको वाइक व्यवहारिक प्रयोजनका निम्ति उपयोगी नहुन सक्छ ।

यो मोटरसाइकल जो कोहिले खरिद गरेर गुडाउन सक्नेछ ।यस्तो मोटरसाइकल जर्मनको गाडी निर्माण गर्ने कम्पनी क्लेमेन्स एफ लियोनहार्र्टले ल उत्पादन गरेको छ । यस कम्पनीले आकर्षक, विशाल लुक्स र दमदार इन्जिनको साथ यो मोटरसाइकल प्रस्तुत गरेको छ ।यो मोटरसाइकल निकै नै अनौडो र आकर्षक छ । लियोनहार्ट गनबस ४१० मोडलको यो मोटरसाइकल ६ सय ५० केजीको छ । जुन अन्य मोटरसाइकलको तुलनामा ५ गुना वढी हो । मोटरसाइकल कुदाउन भने त्यति सजिलो छैन, यसका लागि खास प्रंशिक्षण लिनुपर्ने वताइन्छ ।यस मोटरसाइकल ६,७२८ सीसी क्षमताको दमदार इन्जिन प्रयोग गरिएको छ । त्यतिमात्र होइन यस मोटरसाइकलको टायर ३८ इन्चको र पछाडिको टायर ४२ इन्चको छ ।

तपाईको प्रतिक्रिया