कुवेत – कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर बरघर्छी चादनीचोक घर भई कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत ४७ वर्षीय निर बहादुर कार्की रहेका छन् । उनको हृदयघातको कारण मृत्यु भएको हो ।केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको उनको कम्पनीमै मृत्यु भएको हो।

उनको फेब्रुअरी ४ तारिख बिहान ११ ३० बजे कम्पनीमै मृत्यु भएको हो।उनका आफन्तका अनुसार नेपाली दूतावासको पहलमा मृतक कार्कीको शव नेपाल पठाउने तयारी भईरहेको छ । मृतक कार्कीको श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत छन्।उनका २ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया