एजेन्सी – भारतले फिल्म उद्योगमा निकै प्रगति गरेको छ । विश्वको सबैभन्दा ठूलो फिल्म उद्योग भनेर नै भारतलाइ लिइन्छ ।भारतले फिल्म क्षेत्रमा निकै अघि गएको छ । त्यस्तै ती मध्य सबै भन्दा बढी चर्चामा रहेको दक्षिण भारतीयमा निर्माण भएका फिल्महरु बलिउडमा रिमेक हुने गरेका छन् । दक्षिण भारतीय फिल्महरु निकै चर्चित छन् अधिकाँशले मनपराएकै हुन्छन् ।

धेरै दक्षिण भारतीय फिल्महरु राम्रो काहानीमा बन्ने हुनाले पनि धेरैले मन पराएका छन् । दक्षिण भारतीय फिल्महरुको निकै प्रभाव परेको कारण उक्त फिल्मका स्टारहरुको पारिश्रमिकको बारेमा चर्चा भइरहन्छ । त्यसकारण आज हामी तीनै स्टारहरुको पारिश्रमिको बारेमा चर्चा गर्न गइरहेका छौँ ।महेश बाबु – तेलेगु फिल्मका स्टार महेश बाबूले एउटा फिल्ममा अभिनय गरेबापत १६ करोड भारतीय रुपैयाँ समेत पाउने गरेका छन् ।

सूर्या – सूर्याले तमिल फिल्मका स्टार हुन् । उनले एउटा फिल्ममा अभिनय गरेबापत १७ करोड भारतीय रुपैयाँ पाउने गर्छन् ।

रामचरण तेजा – तेलुगु फिल्ममा स्टार रामचरण तेजाको फिल्मी पारिश्रमिक १२ करोड भारतीय रुपैयाँ रहेको छ । उनी आगामी फिल्म ‘साई रा नरसिम्हा रेड्डी’ को तयारीमा रहेका छन् ।

प्रभास – दक्षिण भारतीय फिल्म क्षेत्रमा राम्रो स्थान जमाएका प्रभासले एउटा फिल्मबाट २० करोड भारतीय रुपैयाँ समेत लिने गरेका छन् भने उनी आगामी फिल्म सोहो को तयारीमा व्यस्त रहेका छन् ।

विक्रम – दक्षिण भारतीय फिल्म क्षेत्रमा राम्रो स्थान बनाएका विक्रमको पारिश्रमिक १२ देखि १५ करोड भारतीय रुपैयाँ रहेको छ । आगामी फिल्म ‘सामी स्क्वायर’ संगै आउने तयारीमा रहेका छन् ।

रजनीकान्त – दक्षिण भारतीय फिल्म क्षेत्रमा सबैभन्दा महँगा स्टार रजनीकान्त ४० देखि ६० करोड सम्म लिने गरेका छन् । आगामी फिल्म ‘२।० ’ र ‘कञ्चना ३’ को सुटिङमा व्यस्त छन् ।

पवन कल्याण – तेलुगु फिल्ममा आफुलाई सधै अब्बल राख्ने पवन कल्याणले एउटा फिल्ममा अभिनय गरेमार्फत १८ करोड भारतीय रुपैया लिने गर्छन् ।

अजीत – उनी दक्षिण भारतीय फिल्म क्षेत्रका सबैभन्दा महँगा अभिनेता हुन् । एउटा फिल्ममा अभिनय गरेबापत २० देखि २५ करोड भारु लिने गर्छन् । आगामी फिल्म ‘विश्वासम’ लिएर चाडै दर्शक माझ आउने छन् ।

विजय – विजयाले एक फिल्ममा अभिनय गरेबापत ३० करोड सम्म लिन्छन् । ‘सरकार’ फिल्मको लागि व्यस्त रहेका छन् ।कमल हासन – तमिल फिल्म कर्मी कमल हासनले एउटा फिल्म खेलेका मात्रै २० देदि ३० करोड भारतीय रुपैयाँ लिने गर्छन् ।

तपाईको प्रतिक्रिया