एजेन्सी – कुनै समय बलिउडमा निकै चर्चा कमाएका अभिनेता हुन् सुनील शेट्टी । पछिल्लो समय फिल्म क्षेत्रमा नदेखिए पनि अभिनेता सुनील शेट्टी अहिले आफ्नी पत्नी माना शेट्टीसँग आफ्नो फार्महाउसमा समय बिताइरहेका छन्।

उनले फुर्सदमा खिचेका फोटोहरु अहिले सामाजिक सन्जालमा निकै भाइरल भएका छन् ।उनी फोटोमा पत्नि माना सँग फार्महाउसको गार्डनमा बसेर आफ्ना चार कुकुरसँग विशेष बान्डिङ शेयर गर्दै गरेको देखिएको छ। सुनील शेट्टीको ६२ सय स्क्वायर फिटमा फैलिएको यो ल्याशिव भिल्लामा प्राइभेट गार्डन, स्विमिङ पुल डबल हाइटको लिभिङ रुम र पाँच बेडरुम किचन छ। सुनिलले आफ्ना बुवालाई धेरै माया गर्थे।

२०१३ मा आप्नो नयाँ डेकोरेशन शोरुम लन्च गर्ने बेला सुनीलले भनेका थिए–यो त्यही ठाउँ हो जहाँ मेरा बुवा वीरप्पा शेट्टी काम गर्नुहुन्थ्यो।’ वर्लीस्थित यो रेस्टुरेन्टमा सुनीलका बुवा वर्षौ पहिला वेटर थिए र प्लेट सफा गर्ने काम पनि गर्थे।सुनीलले एक अन्तर्वाताका क्रममा भनेका आफ्ना बुवाले नौ वर्षको उमेरदेखि काम गर्न सुरु गरेको बताएका थिए।

तपाईको प्रतिक्रिया