एजेन्सी – येमनमा दुई यौन पिपासुहरुलाई मृत्युदण्ड दिइएको छ।१२ वर्षीय बालकलाई बलात्कार पछि हत्या गरेका उनीहरुलाइ येमनमा सार्वजनिक मृत्युदण्ड दिइएको हो । उनीहरुलाइ सार्वजनिक स्थानमा गोलि हानेर मृत्युदण्ड दिइएको हो।ठूलो संख्यामा उपस्थित दर्शकहरुको अगाडी राजधानीको एक रङ्गशालामा दुई अपराधीहरुलाई मृत्युदण्ड दिइएको हो। उनीहरुलाइ घोप्टो पारेर ढाडमा गोलि ठोकिएको हो । निलो शर्ट र पाइन्ट लगाएका दुई अपराधीलाई ढाडमा गोली हान्दा दर्शकहरुले समर्थन गर्दै नारा लगाएका थिए।

गत वर्षको मेमा घर नजिकै खेलिरहेका मोहम्मद सादलाई तानेर अन्यत्र लगी बलात्कार गरेका २८ वर्षीय वाधा रेफात र ३१ वर्षीय मोहम्मद खालेदलाई अदालतले दोषी पाएपछि मृत्युदण्डको आदेश सुनाएको थियो।रेफात र खालेदले बलात्कार गरी चिच्याउने गरेको कारण उनीहरुले बालकको घाँटी रेटेर हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया