काठमाडौं । आज आइतबार सुनको मुल्य एक सयले बढेको छ। आज छापावाला सुन एक सयले बढेर प्रतितोला ६२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ६१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला प्रतितोला पाच रुपैयाले बढेर प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । यसअघि चाँदी ७८० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया