काठमाडौं – चर्चित साउथ फिल्म बाहुबली धेरैले रुचाए । उक्त फिल्ममा कटप्पाको भूमिकामा रहेका अभिनेता सत्यराजलाइ पनि धेरैले मनपराएका छन् । फिल्म बाहुबली बाट नै अभिनेता सत्यराज निकै चर्चामा आएका छन् ।फिल्म बाहुबलीमा कटप्पाको भूमिकामा खेलेका सत्यराजको वास्तविक नाम रंगाराज सुबय्या हो । निकै फिल्ममा खेलेका अभिनेता सत्यराजका एक छोरी र एक छोरा छन् ।

छोराको नाम सिबिराज र छोरीको नाम दिव्या हो । बाहुबलीका कटप्पा अर्थात अभिनेता सत्यराजकी छोरी पनि कुनै हिरोइन भन्दा कम छैनन् । उनकी छोरी दिव्याले अहिले पोषण विषयमै पिएचडी गरिरहेकी छिन् । यसका अलावा दिव्याले खाना र पोषण विषयमा एक किताब पनि लेख्दैछिन् ।उनले तमिल शरणार्थीहरुलाई कुपोषण र एनिमिया जस्ता बिरामीबाट बचाउनको लागि स्वस्थ खाना र भिटामिन थेरापीमा सचेतना शिविर पनि गरेकी थिइन् । यी हुन् बाहुबलीका कटप्पाकी सुन्दर छोरी दिव्या हेर्नुहोस् फोटोहरु

 

तपाईको प्रतिक्रिया