काठमाडौँ – आज सोमबार नेपाली बजारमा सुनको मुल्य तोलामा १ सय रुपैयाले घटेको छ । हिजो प्रतितोला ६२ हजार १ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज १ सय रुपैयाले घटेर ६२ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मुल्य प्रतितोला ६१ हजार ७ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा भने कुनै परिबर्तन आएको छैन ।हिजो प्रतितोला ७ सय ७५ रुपैयामा किनबेच भइरहेको चाँदीको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया