काठमाण्डौ। मेघा घिमिरे को परिवारले सामुहिक रुपमै मिडियामा आएर बिकास र उन्को परिवारले गरेका कुरा बारे स्पष्टीकरण दिदै ,बिकास र उन्का परिवारले सुरुमा दुर्घटना पछिको उपचारमा राम्रो सहयोग र माया पुर्याएपनी पछिल्लो दुइबर्ष पुर्ण रुपमै हेला र असहयोग गरेको कारण आफुहरु मिडिया मार्फत सहयोग को अपिल गर्न बाध्यता भएको बताएका छ्न । भने मेगाले पनि आफू घाइते अवस्थामा बिकास ,र परिवारले राम्रो हेरचाह र माया गरेको भएपनी उपचार पछि भने सबै टाढिदै गएको बताएकी छिन ।

आफ्नो सबै बिस्वास र मायालाइ बिकासले कुल्चिएर दुई दुई बर्ष सम्म बेवास्था गरेको र आफ्नो पिडामा कहिलै साथ नदिएको भन्दै अब बिकास सग आफू बसेर आफ्नो सुरक्षा र स्याहार सम्भार नहुने भएको ले आफू आमा बुबाकै संरक्षण मा बस्ने र बिकासको साथमा फर्किने सम्भावना सकिएको बताएकी छिन । घिमिरे परिवारले बिकास को साथ सकिए पनि मेघालाइ माया गर्नेको साथ थपिएको ले मेघा सफल र सछ्यम बन्ने मा आफुहरु ढुक्क रहेको भन्दै मेघाको हातलगाउनको लागि सहयोग जारी राखिदिन सबै सग अपिल पनि गरेका छन ।

तपाईको प्रतिक्रिया