एजेन्सी । कुनै पनि घर बनाउन धेरै समय लागेकै हुन्छ ।केही महिनामा अग्लो घर त बन्ला तर विश्वकै अग्लो भवन कति दिनमा बन्ला , १, २ वा ५ सय दिनमा बन्छ की , यस्तै अनौठो कुरा त ब्रिटिश कोलंबिया विश्वविद्यालयको ब्राक कामन्स छात्राको लागि बसोबास गर्ने भवन ७० दिनमा नै तयार गरिएको छ ।उक्त भवन काठबाट निर्माण गरिएको हो ।

अनतराष्ट्रिय मिडियाका अनुसार यस प्रकारको संरचना काठबाट निर्माण भएपनि अत्यन्तै मजबुत छन् ।जसको पूर्ण रुपमा निर्माण हुन बाँकी रहे पनि उक्त भवन अत्यन्तै मजबुत छ । सन् २०१७ को मेमा सम्पन्न हुने यस भवन १४ तले रहेको छ ।उक्त भवनमा ४ सय छात्राहरु बस्न सक्ने निर्माण कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया