काठमाण्डौ – पाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । महरले कांग्रेस केन्द्रीय समिति बैठकमा राजीनामा पेश गरेका छन् ।उनले नेविसंघको महाधिवेशन हुन नसकेको अवस्थालाई ध्यान दिँदै राजीनामा दिएको बताएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको थियो ।

महरले २७ वर्ष गाउँको स्कूल हुँदै विद्यार्थीका केन्द्रीय राजनीति नेतृत्व गर्ने अवसर प्राप्त भएको हुँदा संस्थागत रुपमा नेपाली कांग्रेस, नेविसंघ र व्यक्तिगत रुपमा पार्टी सभापतिसहितको भूमिका र योगदानलाई राजनीतिक सम्पतिको रुपमा लिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया