काठमाडौँ – पछिल्लो समय चर्चित गायन रियालिटी शो नेपाल आइडल २ की थर्ड रनरअप अस्मिता अधिकारी निकै चर्चामा आइरहेकी छन् । यसैक्रममा नेपाल आइडल २ का प्रतियोगी देश बाहिर हुने विभिन्न कार्यक्रममा व्यस्त भइरहेका छन् । अहिले नेपाल आइडलका टप ६ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक, अमित बराल र पवन गिरी अस्ट्रेलियामा छन् ।

शुक्रबार नेपाली टचको आयोजनामा सिड्नीको टाउन हलस्थित लिभरपूल स्ट्रिट सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना भएको ‘लाइभ इन सिड्नी’मा नेपाल आइडल २ की थर्ड रनरअप अस्मिता अधिकारीले दमदार प्रस्तुति दिएकी छन् । नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले चर्चित गीत सिमसिमे पानीमा लगायतका गीत गाइन्।हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया