काठमाडौँ । निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिन तयारी गरेका छन् । प्रतिनिधि र प्रदेश सभामा लज्जास्पद पराजय बेहोरेको नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको बताइएको छ । प्रतिनिधिसभाको परिणाम बुझे पछि राष्ट्रपतिद्वारा नयाँ सरकार गठनका लागि आह्वान हुनुअघि नै देउवाको राजीनामा आउन सक्ने स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया