मुम्बई – निकै चर्चामा आइरहने कमेडियन हुन् कमेडियन कपिल शर्मा । डिसेम्बर १२ मा बिबाह बन्धनमा बधिएका कमेडियन कपिल शर्माले आफ्नो विवाहको पार्टीसँग जोडिएको एक रमाइलो किस्साको खुलासा गरेका छन्। डिसेम्बर १२ मा पंजाबी र‍िति९रिवाज अनुसार वैवाहिक सम्बन्धमा बाँधिएका कपिल शर्माले र गिन्नी चतरथले आफ्नो विवाहको तीनवटा रिसेप्शन दिएका छन् । कमेडियन कपिल शर्मा अनुसार जब अमृतसरमा कपिलको विवाहको रिसेप्शन भइरहेको थियो, तब एक अपरिचित व्यक्ति कपिल र उनकी पत्नी गिन्नी चतरथलाई बधाइ दिन स्टेजमा पुगे।

कपिलले समेत नचिन्ने ती व्यक्तिले कपिल र गिन्नीलाई बधाइमात्र दिएनन् उनले कपिलको गालामा चुम्बन पनि गरे। आफूलाई चुम्बन गर्दा कपिल चकित परे।कपिलका अनुसार कसैले पनि नचिन्ने ती व्यक्तिको पेटमा कपिलले एक मुक्का प्रहार गरे। मुक्का प्रहार गरेपछि ती व्यक्ति त्यहाँबाट भागेका थिए। त्यसपछि ती नबोलाएका र अपरिचत पाहुन पूरै रिसेप्शनमा कतै पनि देखिएनन्।कपिलले यो खुलासा आफ्नो शो ‘द कपिल शमा शो’ मा गरेका हुन्। कमेडियन कपिल शर्माले र गिन्नी चतरथले आफ्नो विवाहको पहिलो रिसेप्शन अमृतसार र दोस्रो मुम्बईमा दिएका थिए ।त्यस्तै बिबाहको तेस्रो रिसेप्शन नयाँ द‍िल्ली दिएका छन् ।

तपाईको प्रतिक्रिया