काठमाडौं – पृथ्वीनारायण ९पिएन० क्याम्पस पोखराका सहप्रध्यापक ठगी गरेको आरोपमा पक्राउ परेका छन् । ‘मञ्जुश्री एजुकेसन एकेडेमी प्रालिको नाममा कानुन विश्वविद्यालय खोल्ने भन्दै ठगी गर्ने सहप्रध्यापक डा गोपाल शिवकोटी पक्राउ परेका हुन् । उनले विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेका हुन् ।

शिवाकोटीलगायतका व्यक्तिले कानुन विश्वविद्यालय खोल्ने भन्दै ६० जना भन्दा बढी व्यक्तिलाई ठगी गरेर २ करोड ७६ लाख रुपैयाँ जम्मा गरेको आरोपमा पक्राउमा परेका हुन् । मंगलबार कीर्तिपुरबाट उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । साथै नुवाकोटका बद्रिकुमार थापालाई बाँनियाटारबाट पक्राउ गरेको हो ।अमेरिकाबाट कानुनमा पिएचडी गरेका शिवाकोटीले नेपाल ल क्याम्पसमा पनि प्रध्यापन गराएका थिए ।

तपाईको प्रतिक्रिया