एजेन्सी- बलिउडका चर्चित गायक सोनु निगमको स्वास्थ्य बिग्रिएपछि दोस्रो पटक फेरी अस्पताल भर्ना भएका छन् । निगमको आँखामा भएको एलर्जी बढेको छ । जसका कारण सोनु निगम फेरि अस्पताल भर्ना भएका हुन् । साथै सोनु निगमका भारतको मुम्बईमा हुने भनिएका सबै इभेन्टहरु रद्द गरिएका छन् ।

एक हप्ता अघि गायक सोनु निगमले उनको सामाजिक सञ्जालमार्फत सी फूडका कारण उनको स्वास्थ्य बिग्रिएको भन्दै तस्बिर सार्वजनिक गरेका थिए ।तस्बिरमा उनको एउटा आँखा सुन्निएको थियो भने अर्को तस्बिरमा उनी अक्सिजन माक्स लगाएका थिए । त्यही दिन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका सोनुको बुधबार फेरि स्वास्थ्य बिग्रिएपछि उनी फेरी अस्पताल भर्ना भएका हुन् ।

तपाईको प्रतिक्रिया