काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डकी नातिनी स्मिता र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा रहेका शानिध्यले स्वर दिएको गीतको भिडियो सार्वजनिक भएको छ । भ्यालेन्टाइन डेको को अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ ।

सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । गीतको शब्द सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ को रहेको छ। म्युजिक भिडियो उत्सव दाहालले छायाँकन गरेका हुन्। साथै युवराज वाइबाले निर्देशन गरेको म्युजिक भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन्।

तपाईको प्रतिक्रिया