काठमाडौँ – प्रहरीले ठूलो परिमाणमा सुन नियन्त्रणमा लिएको छ। कञ्चनपुरको पुनर्वासबाट लुकाएर राखेको अवस्थामा प्रहरीले सुन नियन्त्रणमा लिएको छ। हरीले लुकाएर राखेको अवस्थामा एक घरबाट लगभग १८ केजी सुन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोली छापा मारेको थियो। प्रहरीका अनुसार छापा मर्दा उक्त घरबाट १०८ टुक्रा सुनको बिस्कुट फेला परेको हो । सुन ओसार–पसारमा संलग्न व्यक्ति पक्राउ परेको तर नाम भने प्रहरीले खुलाएको छैन।

तपाईको प्रतिक्रिया