कुवेत । कुवेतमा एक नेपाली महिला सम्पर्क विहिन भएकी छन । कुवेतमा रोजगारीको लागि आएकी मकवानपुरकी कल्पना परियार तीन वर्षदेखि सम्पर्क विहिन भएकी हुन् ।

करिव ६ वर्ष अगाडी घरेलु कामदारको लागि कुवेत आएकी कल्पना परियार सम्पर्कमा नआएपछि उनकी छोरीले कुवेतबाट सञ्चालित मिडियाहरु, नेपाली राजदूतावास, एनआरएनए लगाएत नेपाली संघ संस्थाहरुलाइ खोजी गरिदिन आग्रह गरेकी छिन।कुवेतमा कार्यरत कल्पनाकी छिमेकीले दूतावासमा जानकारी गराइसकेको भएपनि दूतावासले पहल नगरेको उनले बताएकी छिन ।

तपाईको प्रतिक्रिया