काठमाडौँ । फिल्म ‘लिलिबिली’बाट सर्वाधिक रुचाइएको जोडी प्रदीप खड्का र जसिता गुरुङको मुख्य भुमिका रहेको बहुप्रतिक्षीत फिल्म ‘लभ स्टेशन’ को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ ।प्रेम गर्नेहरुका लागि विशेष दिन प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको अवसर पारेर निर्माण टिमले ‘घाम जून चाहिँदैन’ बोलको गीत बुद्धा सुब्बा डिजिटलको युट्युब मार्फत युट्युबमा रिलिज गरेको हो ।

भियतनामको रमणिय स्थलहरुमा छायांकन गरिएको गीतमा प्रदीप र जसिता फिचर छन् । भिडियोमा यी दुईको केमेस्ट्री कमालको देखिएको छ । सार्वजनिक यस गीतमा गायक सुगम पोखरेल र गायिका रेश्मा पुनमगरको स्वर रहेको छ भने दीपक शर्माको शब्द संगीत तथा दीपक शर्मा र उषा शेरचनको शब्द रचना रहेको छ ।‘लिलिबिली’ जोडीले पुनः स्क्रिन साझेदारी गरेका कारण नै दर्शकमाझ प्रतिक्षीत बनेको यस फिल्मको सार्वजनिक गीतले राम्रो हाइप निर्माण गर्ने आँकलन फिल्म पण्डितहरुको छ । चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेका फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् ।

फिल्ममा प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ ।‘लभ स्टेशन’ लाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही ९क्रिसु० र कविरविक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायांकन रहेको यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।भिडियो :

तपाईको प्रतिक्रिया