सिरहा – सिरहाको गोलबजार मा घर नजिकैको बारीमा पिसाब गर्न गएकी एक किशोरी बलत्कारको शिकार बनेकी छन् ।जबरजस्ती करणी आरोपमा मिर्चैया ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ दिपक कुमार मण्डल र १९ वर्षिय श्यामकुमार महराले लछारपच्छार गरी मुख छोपेर जबरजस्ती करणी गरिरहेको बेला हल्लाखल्ला भएपछि स्थानीयले पक्राउ गरी मण्डललाई प्रहरीमा बुझाएका हुन् ।

महरा भने फरार भएको प्रहरीले जनाएको छ । । फरार महराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया