काठमाडौँ – नेपाली बजारमा अहिले सम्मकै सस्तो मूल्यमा मोबाइल किन्न पाइने भएको छ । काठमाण्डौंको चाबहिलमा रहेको के एल मोबाइलहबले मोबाइल मेलामा अहिले सम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउने भएको हो ।

फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । ‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ ग्लाइडरले भने ।

मेलामा मोबाइ लकिन्नेहरुको चाप बढे पछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागि गराउने लक्ष्य मोबाइलहबले लिएको छ । सस्तोमा मोबाइल किने पछि पनि हातखाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदालिन सक्नेछन् । मेलाअवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिकचाप देखिएको छ ।

एउटा मोबाइल किन्दाअर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित केएल मोबाइलहबले सञ्चालन गरिरहेको मेलामाखेल खेलेर मोबाइलजित्नुका साथैफोटो कन्ट्स्टमा फोटो खिचाएर पनिमोबाइलजित्न सक्ने अफरहरु छन् ।

केएल टावरको भुईँ तल्लामा उपहार योजनामा सहभागि गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । गल्फ खेलेर धेरै स्कोर गर्नेले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने व्यवस्था मोबाइल हबले मिलाएको छ । साथै मोबाइलहवले मेला अवधिभरी फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागि भएर फोटो खिचाएका ग्राहकहरुले मोबाइलहबको फेसबुक पेजमा धेरै लाइक र कमेण्ट पाएका आधारमा ओप्पो एफ ५ र भिभोको भि ७मोबाइलपाउने छन् ।

यसका साथै पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामाग्राहकको उपस्थितीबाक्लो भएको मोबाइलहबकानिर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइल हबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभअफर सहितअफर भित्रपनिअफरनामदिइएको मोबाइल मेला फेब्रुअरी २८ सम्म सञ्चालनहुनेछ ।

विश्वबजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु मेबाइलहबमा उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया