खगेन्द्र दाहाल, खजुरा । बाँकेको खजुरा गाउपालिका वडा नम्बर २ सिगाउँका किसान गेनालाल मुराउको तिन सय क्विन्टल टमाटरलाई डडुवा र किराले नोक्सानि पुगाएको छ । कुल १५ विज्ञाह क्षेत्रफलमा लगाउनुभएको किसान मुराउले अहिले ठुलो मात्रामा नोक्सानि वेहोर्न परेको छ । लगाएको १५ विगाह क्षेत्रफल मध्ये लगानि अभावका कारण ६ विगाह क्षेत्रफलको किसान मुराउले बालि विमा गराएका थिए । तर अहिले यतिा नोक्सान भएको भन्दै मुराउले क्षतिपुर्ति माग गर्दा विमा कम्पनिले आलटाल गरीरहेको गुनासो गरेका छन । शुरुमा किराले र लगतै डडुवा रोगले नोक्सानि पुगाएको स –प्रमाण विमा कम्पनि र जिल्ला कृषि विकास कार्यलय बाँकेमा पेस गरीसकेपनि हाल सम्म क्षतिपुर्ति रकम पाउन नसकेको गेनालाल का छोरा विरेन्द्र मुराउले बताए । मुराउ परिवारले यस वर्ष टमाटर खेतिबाटै एक करोड बढि नाफा गर्न लक्ष्य राखेकोमा किसा र डडुवाले सपना चकनाचुर बनाएको दुखेसो पोखेका छन । टमाटर जोगाउन अनेकौ प्रयास गर्दा पनि सम्भव नभएको मुराउले बताए । सबैको स्वास्थलाई कुनै असर नगर्ने किसिमले गरीएको औषधिले पनि काम नगर्दा नोक्सानि बढेको मुराउले बताए । भएको क्षतिबारे विमा कम्पनिले आएर बालि निरीक्षण समेत गरीसकेको भएपनि हाल सम्म क्षति पाउने नपाउने निश्चीत नभएको पिडित किसान बताउछन । विमा कम्पनिमा धाउदा धाउदा हैरान भएको पिडित किसान मुराउले बताए । नोक्सानि भएको विमा कम्पनि र जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधिले अवलोकन गरीसकेपछि पनि क्षति नदिदा निकै दुख लागेको किसान मुराउले सुनाए । एक करोड नाफा गर्ने योजना बनाएका किसान मुराउले डडेलो र किराले गर्दा लगानी नै उठाउन मुस्किल पर्न लागेको बताए । १५ विगाह क्षेत्रफलमा लगाईएको टमाटरका लागी हाल सम्म १० लाख लगानी लगाइसकिएको मुराउले जनाए । जिल्ला कृषि विकास कार्यालय बाँकेका मस्य विकास अधिकृत वसिर अहमत खाँ स्वयमले किसान मुराउको टमाटर बालिको विमाको लागी सिफारीस गरेका थिए । विमा कार्यक्रमका फोकल पर्सन समेत रहेका खाँले किसान मुराउले क्षति बेहोर्नपरेको प्रति आफु स्वयम बारीमा पुगेर हेरेर आएको र क्षतिपुर्ति दिलाउन तत्पर रहेको प्रतिक्रिया दिए । एन एल जि विमा कम्पनिमा बालि विमा गरेका मुराउले भएको क्षतिको क्षतिपुर्ति छिटो दिन अनुरोध गरेका छन । क्षति भएको टमाटर आगन, खेतमा कुहिएका छन भने केहि गाई भैसीलाई खुवाउने गरेका छन । पहिले पहिले बजारको राम्रो व्यवस्था नहुदा पनि १० देखि १५ कठ्ठा क्षेत्रफलमा टमाटर खेतीगर्ने मुराउ परिवारले बाँके जिल्ला लाई चिनाउने गरी टमाटर खेती गर्दे आएका छन । टमाटर खेतीमा आम्दानी राम्रो देखेका मुराउले पैसाको लागी अरु सगँ हात थाप्न नपरेको बताउछन । किसान मुराउले दिनहुँ १५ जना स्थानियलाई रोजगारी दिएका छन । अहिले दिनहुँ १५ देखि २० क्विन्टल सम्म टमाटर उत्पादन हुदै आएको छ ।

तपाईको प्रतिक्रिया