एजेन्सी । एउटै फुटबल खेलमा १० वटा रातो कार्ड खाएको तपाईले कहिल्यै सुन्नुभएको छ ? यस्तो अनौठो घटना ब्राजिलमा घटेको छ । बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

१० वटा रातोकार्ड देखाइएपछि रेफ्रीले खेल स्थगित गरेका छन् । तर यो खेलमा बाहियालाई ३(० को जित दिन सकिने सम्भावना भए पनि अझै निर्णय भने भइसकेको छैन ।

दुबै टोलीका खेलाडीले मुक्का बर्साउन थालेपछि ८ खेलाडीलाई रफ्रीले तत्काले रातो कार्ड देखाएर बाहिर पठाइदिए । पछि थप दुई खेलाडीले रातो कार्ड पाएपछि रेफ्रीले खेल रोकेका हुन् । यस्ता रोचक खेल इतिहाँसमा निकै नै कमै मात्रामा हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया