काठमाडौं, ७ फागुन । सोमबार सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ५८ हजार रुपैंयामा किनबेच भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ५७ हजार ९ सय रुपैंयामा किनबेच भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७४५ रुपैंयामा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया